काठमाडौँ- कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप पाँच लाख थान आरटिडी किट ल्याउने तयारी थालेको छ ।
बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौँ ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिएका छन् ।
यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्समार्फत एक लाख थान आरटिडी किट ल्याएको थियो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि विद म्यानेजमेन्टलाई जिम्मा दिएको थियो । सरकारले निजी क्षेत्रले सञ्चालनमा ल्याएका अस्पतालाई समेत कोरोना परीक्षणका लागि अनुमति दिएको छ । सो अनुमतिपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ ।
सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ती किट ल्याउन लागिएको हो । यसको बजार मूल्य प्रतिकिट रु ५६५ रहने रहेको छ । विद म्यानेजमेन्टका प्रमुख भण्डारीले चीनको राजधानी बेइजिङबाट ती किट ल्याउन लागिएको बताएका छन् ।
यसअघि विद म्यानेजमेन्टले गत वैशाख १७ गतेको सम्झौताअनुसार सामान ल्याएको थियो । यसअघि सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको थियो ।
कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले थप सामान आयात गर्न लागिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस