एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको फेरि गम्भीर आलोचना गरेका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर त्रुटी गरेको भन्दै उनले एक हप्ताको अवधिमा ट्रम्प प्रशासनमाथि दोस्रो पटक आलोचना गरेका हुन् ।
पूर्व राष्ट्रपति ओबामाले यो वर्ष कलेजबाट दीक्षित भएकाहरुको भर्च्यूअल दीक्षान्त समारोहको प्रारम्भमा गरेको सम्बोधनमा ट्रम्प प्रशासनको आलोचना गरेका हुन् ।
उनले दीक्षित भएका विद्यार्थीलाई सम्बोधन गर्दै सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैँ आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने बताएका हुन् ।
ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा लिनका लागि गरेको प्रयास अपर्याप्त भएको ओबामाले उल्लेख गरेका छन् ।
आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने बताइसकेका ओबामा पछिल्लो समय खुलेर ट्रम्पको विरोधमा उत्रन थालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस