भक्तपुर – खुलामञ्चमा लहरै खाना खाइरहेका झण्डै १०० भन्दा बढी थिए । विहिबार अपराह्न ५ बजे सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले खाना र रोटी दिइरहेको थियो ।
खाना खाइसकेपछि कोही त्यतै अल्मलिँदै थिए, कोही वीर अस्पताल आसपासका पेटीमा बसेर गफिदै थिए, कोही कसैले राहत ल्याउँछ कि भनेर हेर्दैै थिए । त्यहाँ पाँच वर्षका बालबालिकादेखि ५६ वर्षका पुुरुषसम्म थिए ।
नयाँ मान्छे देख्दा राहतको आशामा कोही मट्टितेल किन्ने पैसा माग्दै थिए, कोही औषधि किन्ने पैसा माग्दै थिए । कोही राहत दिन आको हो भनेर सोध्दै थिए । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेपछि अचेल खुलामञ्च, वीर अस्पताल र रत्नपार्क आसपासका क्षेत्रमा देखिने दृश्य हुन् यी ।
यी क्षेत्रमा मजदुर अलपत्र परेको खबर आएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा उद्धार गरेर लकडाउनभरि लायन्स क्लब अफ काठमाडौँ गुल्मोहकले व्यवस्था गरेको ठाउँमा लैजान एकघण्टा प्र्रयास गर्दा कोही जान मानेनन् ।
काठमाडौँको वीर अस्पताल आसपासका क्षेत्रमा अलपत्र मजदुरको उद्धारका लागि पुगेको टोलीसँग कोही पनि जान नमानेपछि अर्घाखाँची पाडेनी गाउँपालिका घर भई बागबजारको लुम्बिनी भोजनालयमा काम गर्दै आएर हाल सडकको बास भएका ५७ वर्षीय गिरिराज पोखरेल एक जनाको मात्रै उद्धार गरेर फर्कियो ।
उद्धार टोलीसँग जानुअघि पोखरेल भन्नुहुन्छ, “चैत १८ गतेसम्म लकडाउन सकिएला भनेर घर नगइ बसे, तर लम्बियो, अहिले विभिन्न सङ्घसंस्थाले ल्याएर खुवाउँछन्, केही दिन भद्रकाली मन्दिरमा सुतेपनि पछि प्रहरीले लखेटेपछि सडकको पेटीमै सुत्नुपर्याे ।
लुम्बिनी तन्दुरीमा काम गरेको पैसा लिन कुरेर बसेको बताउने भक्तपुर कमलविनायक निवासी जीवन श्रेष्ठ उद्धारटोलीसँग नजाने बरु सडकपेटीमा बस्ने उनले बताए ।
वीर अस्पतालको पेटीमा पाँचवर्षे छोरा राउलसँग भेटिएकी २१ वर्षीया स्वस्तिका धामी परिवारको अवस्था नाजुक छ । सिन्धुपाल्चोकको तातोपानी घर भएकी स्वस्तिका श्रीमान् बुद्धमान धामी र एक बहिनीसँग सडकपेटीमा रात गुजार्दै आएका छन् ।
घर बनाउने मजदुरको काम गर्दै आएको यो परिवार लकडाउनले काम नभएपछि सडकमा परेको बताउँदै भने, “बिहान–बेलुका खाना पाएका छौँ, सुत्न भने यही पेटी, पाटीतिर सुत्छौँ, उद्धार गर्ने टोलीसँग किन जानु, जाँदैनाँै, त्यहाँभित्र बसेपछि बाहिर निस्कनै पाइँदैन, यहाँ भने बाहिर घुम्न पाइन्छ ।”
कोरोना सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि काभ्रे कोशीपारि फलाँटेका पदम र छिरिङ तामाङ दाजुभाइको बास सडकपेटीमै छ । तामाङ दाजुभाइ गौरीघाटमा कोठा लिएर बसेका थिए, लकडाउनपछि घरबेटीले बस्न दिएनन्, लाउने लुगा, रासन सबै सामान झिक्न नदिएपछि कामको खोजीमा भौतारिँदै सडकमा बस्दै आएका छन् । घर बनाउने काममा मजदुरी गर्दै आएका तामाङ दाजुभाइलाई खाने, बस्ने, अन्य आवश्यक सुविधा र बिरामी परे औषधि उपचारको व्यवस्था गरिदिन्छौँ भनेर लायन्स क्लब आफ काठमाडौँ गुल्मोहकका संस्थापक अध्यक्ष सन्दीप पराजुली र लायन्सकर्मी लक्ष्मी महतले भन्दा पनि उनीहरु जान मानेनन् ।
धरान घर भइ काठमाडौँमा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका ४२ वर्षीय कुमार सुब्बा अहिले सडकमै बस्छन् । लकडाउन पहिला नै काम गर्दा किलाले घोचेर पट्टी बाँधेको देब्रे हत्केलाको घाउ देखाउँदै डे«सिङका लागि पैसा मागे तर उद्धार टोलीसँग जान मानेनन् । वीर अस्पताल, खुलामञ्च, रत्नपार्कलगायतका क्षेत्रमा बस्ने अधिकांश अलपत्र मजदुरदेखि सडक मानव, बच्चा, बालिका र महिलाले सुरक्षाका कुनै सामग्री प्रयोग गरेका छैनन् । न त सामाजिक दूरी नै कायम गरेका थिए । प्रहरीका अनुसार दिएको मास्क पनि उनीहरु लगाउँदैनन् ।
न त उनीहरुलाई कोरोनाको चिन्ता छ, न त राति सडकमा सुत्नुपर्छ भन्ने चिन्ता नै । खाना विभिन्न संस्थाहरुले खुवाइहाल्छ । साँझ परेपछि कोही मदिराले मात्तिएका, कोही चुरोटको धुँवा उडाउँदै गरेको देखिन्थे । उद्धारको नेतृत्व गर्नुभएका इन्सेक वाग्मती प्रदेश संयोजक गौतमले समस्यामा परेका भनिएका मजदुर, बालबालिका, महिला सडकपेटीमा रात बिताउँदा जोखिममा पर्ने भन्दै उद्धार टोलीले लैजान खोज्दा जान नमानेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस