भद्रपुर- भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ ।
नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिरहेको बताएका छन् ।
आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फीरूपमा तोडेको भन्दै शुक्रबार पत्रकार भेटघाटको आयोजना गरी विरोध गरेका छन् । “भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ”, उनले भने, “नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस् ।”
उनले भारतमा रहेका नेपालीलाई अमानवीय व्यवहार भएको दोहो¥याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । उनले नेपाल आउन पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकडभिट्टा आसपासमा एक हजार २०० नेपाली तयार रहेको जनाउँदै उनीहरुलाई राख्न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको बताएका छन् ।
पूर्वी नाकाबाट भित्रिने नेपालीमध्ये मेचीनगर बसोबास भएका सबैलाई नगरले व्यवस्था गरेको क्वारेन्टाइनमा सहजरूपमा राखिने र नगर बाहिरका मानिसलाई काँकडभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाइने नगरकी उपप्रमुख मीना उप्रेतीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस