बुटवल, ३१ वैशाख । रूपन्देहीको सीमानाका बेलहियामा अलपत्र परेका ५१० जनाको उद्दार गरिएको छ। भारतका विभिन्न ठाउँबाट आएर सीमानाकामा बसेका उनीहरूलाई रूपन्देहीका सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले स्थानीय प्रशासनको सहमतिमा उद्धार गरेका हुन्।
कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि घर जाने उदेश्यले पैदलै र मालबाहक गाडीमा सीमासम्म आएका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै प्रहरीले रोकेपछि सीमापारीमा रहेकाे क्वारेन्टाइनमा बसेका थिए।
उनीहरुलाई सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न क्वारेन्टाईनमा राखिने छ। नेपाल ल्याईएकाहरु सबै भारतीय क्वारेन्टाईनमा २१ दिन बसेकाहरु हुन्।
सिद्धार्थनगर र तिलोत्तमाका नगरप्रमुख तथा उपप्रमुखको टोली बेलहिया पुगेर उनीहरूलाई ल्याइएको हो।
नेपाल ल्याईएका ५ सय १० जना मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ भने बाँकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस