काठमाडौं – लिपुलेकमा भारतले निर्माण गरेको सडक नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको विवरण आएपछि त्यसले नेपालमा तरङ्ग निम्त्याएको छ।
नेपालले उक्त सडक आफ्नो भूमिमा पर्ने भन्दै सोमवार काठमाण्डूस्थित भारतीय राजदूतलाई बोलाएर विरोध पत्र दिएको छ।
यो विषय कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने मत राखेका नेपाली अधिकारीहरूले भारतका कारण वार्तामा ढिलाइ भइरहेको बताउने गरेका छन्।
परराष्ट्र मामिलालाई नजिकबाट नियाल्दै आएका नेपालका दुई जना विज्ञहरूले चाँहि लिपुलेकमा सडक बन्दा चीन पनि त्यसमा मुछिने भन्दै अब पनि काठमाण्डूले पुरानै पाराले कूटनीति सञ्चालन गरिरहे फलदायी नहुने टिप्पणी गरेका छन्।
बीबीसले लेखेको खबर अनुसार, दुईजना विज्ञहरू प्राध्यापक ध्रुब कुमार र प्राध्यापक श्रीधर खत्रीले यस्तो टिप्पणी गरेका हुन् ।
प्राध्यापक डाक्टर धुब्र कुमार नेपालले भारतका तर्फबाट भएको भौगोलिक अतिक्रमणबारे आफ्नो दाबी प्रस्तुत गर्दा भारतले अस्वीकार गर्नु स्वाभाविक जस्तै भइसकेको बताउँछन् ।
सन् २०१५ को मेमा भारतीय प्रधानमन्त्रीले चीन भ्रमण गर्दा लिपुलेक नाकामा व्यापार विस्तार गर्ने सहमति भएको थियो ।
लिपुलेक त्रिपक्षीय मुद्दा हो। लिपुलेकबारे चिनियाँ प्रधानमन्त्री भारत आएर सन् २०१५ मा सम्झौता गर्दा नेपालले विरोध गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस