काठमाडौं – सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो।
लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो। ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन्।
के काठमाण्डू उपत्यका जोखिमबाट मुक्त भएको हो तरु देशका विभिन्न स्थानमा कोभिड(१९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाण्डू सुरक्षित नभएको विज्ञहरूको भनाइ छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाण्डू उपत्यका उच्च जोखिमको सूचीमा छ। सरकारले आन्तरिक रूपमा रेड (रातो), एल्लो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ।
जनसङ्ख्याको अनुपातमा काठमाण्डू उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ। तर मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।
त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन्। काठमाण्डू उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्।
काठमाण्डू उपत्यकामा बाहिरबाट मानिसहरू नआउन सकुन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्।
अधिकारीहरूका अनुसार जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित सङ्क्रमितहरूको सम्पर्कमा रहेका र सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन।
यसअघि ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण नगरिएको समाचारहरू आएका थिए। परीक्षण सामग्रीको अभावले जनसङ्ख्याको तुलनामा परीक्षण निकै कम गरिएको बताइने गरेको थियो। उक्त विषय उच्च तहको छलफलमा पनि उठेको बताइएको छ।
अब कसको परीक्षण हुन्छ ?
उनका अनुसार लकडाउनका बेला पनि बढी मानिसको सम्पर्कमा रहेका, राहत वितरणमा संलग्न, बिरामीको परीक्षण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, फोहरमैला व्यवस्थापनमा काम गरेका, विदेशबाट आएका र शङ्कास्पद सबै व्यक्तिको परीक्षण गरिनेछ।
त्यसका लागि परीक्षण सामग्री पर्याप्त छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्विस तथा चीन सरकारले उपलब्ध गराएका ३०(३० हजार तथा नेपाल सरकारले किनेका ४० हजार गरी कुल एक लाख किट पीसीआर परीक्षणको निम्ति उपलब्ध छन्।
त्यसले परीक्षणको दायरा थप बढाउन सहज हुने अधिकारीहरूको विश्वास छ। तर दशौँ लाख जनसङ्ख्या रहेको र लकडाउन केही खुकुलो बनाइएकाले काठमाण्डू उपत्यकामा जोखिम पनि उत्तिकै रहेको अधिकारीहरूको ठम्याइ छ।
सरकारले लिएको लचिलो नीतिका कारण अनावश्यक रूपमा सम्पर्कमा जाने र हिँड्न नहुने उनीहरूको सुझाव छ। नेपाली सेनाले चीनबाट पनि झन्डै साढे ३७ टन स्वास्थ्य सामग्री र उपकरणहरू सडक मार्गबाट ल्याउँदैछ।
जीटुजी विधिबाट ल्याउन खरिद गरिएका ती सामानको पहिलो खेप गोन्जाओबाट स्थलमार्ग हुँदै वैशाख २२ गते नेपालतर्फ पठाइएको हो।
झन्डै पाँच टन सामान सम्भवतस् बुधवारसम्म आइपुग्ने नेपाली सेनाले जनाएको छ।
त्यसपछि २४, २६ र २८ गते सामान पठाइएको र दुई दिनको अन्तरालमा ती सामान नेपाल आइपुग्ने बताइएको छ। विमानबाट पनि यो साताभित्र सामग्री ल्याउने तयारी रहेको सैनिक प्रवक्ता सहायकरथी विज्ञान देव पाण्डेले जानकारी दिए।
सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा त्यसपछि हालका निम्ति सबै खाले स्वास्थ्य सामान र उपकरणहरू पर्याप्त हुने बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस