काठमाडौँ- कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना ंसंक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो ।
गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरु दुवै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेण्टाइनमा बसेका थिए । मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानले जानकारी दिएका छन् ।
गाउँलेले मुम्बईबाट आउँदैछन् भनेर जानकारी दिएपछि नै आफूले उनीहरुलाई गाउँ पस्न रोक लगाएर राति १ बजेतिर क्वारेण्टाइनमा पु¥याएको वडाध्यक्ष मुसलमानले बताए । उनीहरुलाई राति बाटैमै खाना खान दिएर घर प्रवेश गर्न नदिई क्वारेन्टाइन पु¥याइएको थियो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं २ अभिरावका संक्रमित दुवै दाजुभाइ रहेको गाउँपालिकाले जनाएको छ । अहिले दुवैलाई कोरोना विशेष अस्पतालमा पु¥याइएको छ ।
ती मजदूर सीमानाका चाकडचौडाबाट सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेका थिए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले क्वारेन्टाइनमा राखिएका अन्यको पनि परीक्षण हुने बताए । उनले उनीहरुको सम्पर्क ट्रेसिङ भइरहेको बताउँदै संक्रमित भएको पुष्टि भएपछि उनीहरु गाउँमा आउने क्रममा भेट भएकाहरुको खोजी शुरु गरिएको र गाउँ पूरै सुरक्षित रहेको भन्न नसकिने जनाएका छन् ।
इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार संक्रमित देखिएका दुई एकै घरका सदय हुन् । उनीहरुसहित पाँच जनाको परिवार सात दिनअघि लुकिछिपी अभिरावमा आएका थिए । उनीहरु गाउँमा अरुसँंग सम्पर्कमा आए आएनन् स्पष्ट बुझ्ने काम जारी रहेको प्रनि सुवेदीले बताएका छन् ।
दुवै संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याइएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । ती संक्रमितको कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्यववस्थाको सबै परीक्षण गरेर आइसोलेशनमा भर्ना गरिनेसमेत उनले बताए ।
संक्रमितको स्वास्थ्यावस्था सामान्य नै देखिए पनि उनीहरुमा क्वारेन्टाइनमा बस्दा एक सातादेखि कहिलेकाहीँ ज्वरो आउने गरेको देखिएको कोरोना अस्पतालका फोकल पर्सन लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस