काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको बताएका छन् ।
बुद्ध जयन्तीको अवसरमा उनले बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।
शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसर रहेको बताउँदै सभापति देउवाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गर्नुपर्ने उल्लेख गरेका छन् ।
नेपाललगायत विश्वका सबै देश अहिले कोभिड–१९ बाट प्रताडित रहेको बताउँदै उनले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएकामा जोड दिएका छन् ।
उच्च मनोबलका साथ आपसी सहकार्य र एकता बिना यो कार्य सम्भव नहुने र यसमा सबै सचेत छौँ भन्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे ।
शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतमबुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या तथा हिंसाको विरोध गरौँ भन्दै उहाँले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस