काठमाडौं – पौने दुई करोड धरौटी रकम बुझाएर साहुकार रामबाबु यादव रिहा भएका छन् । अदालतमा एक करोड ७५ लाख रुपैयाँ धरौटी रकम बुझाएपछि सर्लाही बरहथवा–१० सीतापुरका साहुकार उनी आइतबार हिरासतमुक्त भएका हुन् ।
अनुसन्धानका क्रममा यादवले २८ जनाबाट २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
अदालतले आदेश दिएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत ५ फागुनमा सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो ।
यसअघि उनी ठगी मुद्दाअन्तर्गत २३ पुसमा जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका थिए । १५ लाख रुपैयाँ धरौटी रकम तिरेर अदालतबाट निस्कँदै गरेका उनलाई सिआइबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो ।
एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएका सिआइबी प्रमुख डिआइजी सहकुल थापाले बताएका छन् ।
ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी सर्वसाधारणको जग्गा हडप्ने धन्दामा संलग्न भएको अभियोगमा यादव गएको पुस २३ गते पक्राउ परेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस