काठमाडौं – सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ।
प्रधानमन्त्री ओलीलाई भेटेको भोलिपल्ट राजदूत यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरिन्। दाहाल र नेपाल गठजोडले प्रधानमन्त्री ओलीलाई असहज पारिरहेको अवस्थामा उनले तीनै नेतालाई भेटेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले टेलिफोन वार्ता गरेपछि चिनियाँ राजदूतको सक्रियता त्यहीअनुरूप बढेको हो। उनले नेताहरू भेट्दा एक्लाएक्लै वार्ता गर्ने गरेको स्रोतहरूले अन्नपूर्णलाई जानकारी दिए।
प्रधानमन्त्रीसँगको भेट गोप्य राखिए पनि अन्य दुई भेटघाट सार्वजनिक भएलगत्तै चिनियाँ दूतावासका अधिकारीले प्रधानमन्त्रीसँगको भेटको पनि पुष्टि गरेका हुन्। चिनियाँ अधिकारीले भेटमा दुईपक्षीय सहयोग र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गर्ने सहयोग र सद्भावलगायतमा छलफल भएको जानकारी दिएका छन्।
दाहाल निवास खुमलटारबाट निस्केलगत्तै उनी नेपाल भेट्न कोटेश्वर पुगेकी थिइन्। दुवै भेटमा कोरोना रोकथामका लागि भइरहेका प्रयासबारे कुराकानी भएको औपचारिक जानकारी दिइएको छ।
चिनियाँ राजदूतले सरकारसँग छलफल गर्न सक्नेमा किन सत्तारुढ दलका नेताहरूसँग यो समयमा भेट गरे भन्दै उनकै दलका नेताले चासो देखाएका छन्। चीनले वैचारिक मतसमेत मिल्ने भन्दै कम्युनिस्ट नेतृत्वसँग सहकार्यको हात बढाउँदै गएको छ।
सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग चिनियाँ विदेश विभाग प्रमुखले भिडियो कन्फरेन्स गरेका थिए। तर, अन्य दलका विदेश विभागसँग त्यो सहकार्य चीनले देखाएको छैन। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस