एजेन्सी – अमेरिकी बायोफर्मास्युटिकल कम्पनी गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक देखिएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्नका लागि सो औषधिले सहयोग गरेको स्पष्ट रुपमा देखिएको अमेरिकी अधिकारीले बताएका छन् ।
गिलियाडले उत्पादन गरेको औषधिको प्रयोग गर्दा संक्रमित चाँडो निको हुने गरेको अनुसन्धानले देखाएको छ ।
औषधिको मानवीय परीक्षणमा अति सकारात्मक प्रभाव देखिएको बताए पनि त्यसको विस्तृत तथ्यांक भने सार्वजनिक गरिएको छैन ।
विज्ञले गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट भने नहुने स्पष्ट पारेका छन् ।
गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस