सिमिकोट – सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ ।
कर्णाली प्रदेश सरकारले बाँके र सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिए ।
आइतबार राति सुर्खेत र बाँकेबाट सर्केगाड –१ देखि ८ सम्मका नागरिकको उद्धार गरिएको छ । बाँकी रहेका अन्यको आज पनि उद्धार गरिने जनाइएको छ । उद्धार गरिएका नागरिकले प्रदेश सरकारसँग १४ दिन क्वारेन्टाइनमा बस्ने सहमति गरेका छन् ।
जिल्लाका अन्य बाँकी ६ गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकको उद्धारमा चासो नदिँदा र जिल्ला बाहिर कति छन् भन्ने तथ्याङ्क प्रदेश सरकारलाई नदिँदा उद्धार गर्न नसकिएको सामाजिक विकास मन्त्रालय स्रोतले बताएको छ ।
अन्यको बिचल्ली
काम र अध्ययनका सिलसिलामा बाँके र सुर्खेतमा रहेका हुम्लीले घर जान पाऊँ भन्दै सबैलाई समस्या दर्शाउँदै आएका छन् ।
नेपालगञ्ज विमानस्थल नजीकै आसपास क्षेत्रका होटेलमा महिना दिनसम्म बसेका हुम्लीहरु लकडाउन खुल्ने छाँट नदेखेपछि प्रदेश र स्थानीय सरकारलाई हुम्ला पु¥याइदिन हारगुहार गर्न थालेका छन् ।
कर्णाली प्रदेशका कालीकोट, सल्यान, जाजरकोट, कालीकोट, जुम्लालगायत जिल्लाका स्थानीय तहले आआफ्ना नागरिक उद्धार गरे पनि हुम्लाका ६ वटै स्थानीय तहले यस विषयमा कुनै चासो नदिँदा उनीहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।
गत बिहीबार प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले उद्धार गर्ने निर्णय गरे पनि हालसम्म कुनै टुङ्गो लागेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस