एजेन्सी – चीनले कोरोनाको केन्द्रबिन्दु वुहान शहरमा रहेका अस्पतालहरुमा एउटा पनि कोरोनाका बिरामी नरहेका घोषणा गरेको छ ।
गत वर्षको डिसेम्बरमा पहिलोपटक नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो। वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ।
तर, वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका छन् । उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ।
चीनको सबैभन्दा धेरै प्रभावित क्षेत्र वुहान शहरमा ७६ दिन लकडाउन भएको थियो । तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ।
चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस