काठमाडौँ – आउदो स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको विकल्प तोक्नुपर्ने सत्तारुढ नेपा कम्युनिष्ट पार्टी नेकपाका असन्तुष्ट नेताहरुले निष्कर्ष निकालेका छन् ।
आईतबार कोटेश्वरमा भएको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधकुमार नेपालसहित एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यको भेलाले भोलिको विकल्प तोक्नुपर्ने अडान राख्ने निर्णय गरेका हुन् ।
ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसक्ने भेलाले निष्कर्ष निकालेको एक नेताको भनाई छ । त्यसको विकल्पको बाटो खोलिदिन प्रधानमन्त्री ओलीलाई खुलेर आग्रह गर्नेमा आफूहरु सहमत भएका असन्तुष्ट नेताहरुले बताएका छन् ।
ओलीको कार्यशैलीविरुद्ध दुई तिहाई स्थायी कमिटी सदस्यहरु रहेका छन् । प्रधानमन्त्री ओली झमेलामा फस्दै जाँदा पार्टी तथा सरकार दुबैमा क्षति पुगेको पनि नेताहरुको निष्कर्ष छ ।
प्रधानमन्त्री ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवाद चुलिदै गएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस