बीबीसी – फ्रान्सको एउटा गुफामा भेटिएको एउटा पुरानो डोरीको टुक्राले आदिमानव नीयान्डर्टालको सङ्ज्ञानात्मक क्षमता आधुनिक मानवजातिको भन्दा कम थियो भन्ने मान्यतालाई चुनौती दिने देखिएको छ।
उक्त डोरी ५०,००० वर्ष पुरानो हो र अहिलेसम्म भेटिएकोमध्ये सबैभन्दा प्राचीन हो। वैज्ञानिक जर्नल ‘साईअन्टिफिक रिपोर्ट्स’ मा प्रकाशित एउटा अध्ययनका अनुसार अब्रि डि मारस क्षेत्रको गुफामा ढुङ्गाबाट बनेको एउटा औजारमा रूखको बोक्राबाट बनेको उक्त डोरीको टुक्रा फेला परेको थियो र उक्त डोरी तीनसूते थियो।
यसको अर्थ के हो भने नीयान्डर्टाल मानवलाई जोडी र सङ्ख्याको ज्ञान थियो। बुनिएका रेसा कपडा, झोला, जाली र डुङ्गा बनाउने आधार हुन्।
नीयान्डर्टाल मानव झन्डै ४०,००० वर्षअघि लोप भएका थिए। उनीहरूले भोजपत्रको बोक्राबाट मोसो, चित्रकला र सिपीको माला बनाउने गरेका थिए।
पुरातत्त्वविद् र पुरामानवशास्त्रीले अब्रि डि मारसजस्ता स्थानमा अन्य जीवका अवशेष वा ढुङ्गे औजार मात्र फेला पारेका छन्। कुहिएर नष्ट हुने सामग्री प्रायः भेटिएको छैन।
तर फ्रान्स, अमेरिका र स्पेनका अनुसन्धानकर्ताको टोलीले झन्डै साढे दुई इन्च लामो ढुङ्गे औजारमा डोरीको टुक्रा फेला पारेको बीबीसीले लेखेको छ ।
कोनिफर जातको रूखको बोक्राको भित्री भागबाट रेसा निकालेर डोरी बनाइएको विश्वास गरिएको छ। उक्त टुक्रा ६.२ मिलिमिटर लामो र ०।५ मिलिमिटर चौडा छ।
रेसालाई तीनवटा सूत्रमा बाटेर क् आकारमा दाहिनेपट्टि घुमाइएको छ। एकचोटि घुमाएपछि ती सूत्रलाई उल्टो दिशामा बाटेर डोरी बनाइएको छ।
त्यसरी बनाइएको डोरीले नीयान्डर्टाललाई आफूवरिपरिको पारिस्थितिक प्रणाली र वनस्पतिको राम्रो ज्ञान भएको तथा तिनलाई उपयोग गर्ने क्षमता भएको देखाएको उक्त शोधमा उल्लेख गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस