भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूविरुद्ध गलत प्रचार गराएको आरोप लगाएका छन् ।
बस्नेतले समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण नै नभएको विषयलाई भट्टराईले अपहरण भनेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य गरेको बताए ।
बस्नेतले डा यादव स्वयंले अपहरण होइन, सँगै काठमाडौँ आएका हौँ भनिसकको अवस्थामा समेत व्यक्तिको चरित्रहत्या गर्ने गरी प्रचार नगर्न आग्रह गरे ।
बस्नेतको प्रश्न छ, ‘होटलमा बसेका यादवलाई अपहरण शैलीमा लैजाने बाबुराम भट्टराई हुन् कि अशोक राई हुन् ? अपहरण कस्ता कुरालाई भनिन्छ ?, सगलत प्रचार र चरित्र हत्या गर्नेलाई साइबर क्राइमको मुद्दा किन नचलाउने ?’
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुरको जगातीबाट कतिपय बाटोमा अलपत्र परेका मजदुरलाई उद्धार गरी घर पठाएको र बनेपासम्मका अलपत्र मजदुरलाई घर पठाउने क्रममा आफू बनेपा पुग्दा डा यादवले जनकपुरको आफ्नै घरमा बोलाएको बस्नेतको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस