काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन प्रदेशका सांसदसँग आज अध्यादेश र बन्दाबन्दी विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर १ र वाग्मती प्रदेशका सांसदसँगको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु सामान्य प्रक्रिया भएको बताए ।
प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “अध्यादेश ल्याउनु सरकारकोे नियमित र सामान्य काम भएको हुँदा यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।” प्रधानमन्त्री ओलीले सांसदसँगको ब्रिफिङमा अध्यादेश पार्टी फुटाउनका लागि नभई सबै दलका लागि ल्याइएको जनाउँदै यसमा कुनै किसिमको भ्रममा नपर्न स्पष्ट परेका थापाले जानकारी दिएका छन् ।
संवैधानिक आयोग पदाधिकारीविहीन भएकाले तिनलाई कामकाजी बनाउनका लागि अध्यादेश ल्याइएको र सहमतिका लागि निकै प्रयाससमेत गरिएको प्रधानमन्त्री ओलीले ब्रिफिङमा जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्ना प्रदेशमा लकडाउनका कारण समस्या भएको भए जानकारी गराउन सांसदसँग आग्रह गर्दै कोरोना भाइरसबाट खतरामुक्त नभएसम्म यसलाई निरन्तरता दिइने र सीमामा अझ कडाइ गरिने बताएका प्रेस सल्लाहकार थापाले जानकारी दिए । उनका अनुसार बिहीबार बाँकी प्रदेशका सांसदसँग ब्रिफिङ हुनेछ । सोअनुसार प्रदेश नं २ सँग बिहान १०ः३० बजे, प्रदेश नं ४ सँग अपराह्न ३ बजे, प्रदेश नं ५ सँग अपराह्न ४ः३० बजे र कर्णाली प्रदेशका सांसदसँग साँझ ६ः०० बजे छलफल हुने तय भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस