काठमाडौँ- कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ ।
महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन् ।
ओरेकले सञ्चालन गरेका तीन हटलाइन र २८ जना मनोपरामर्शकर्तामार्फत १३ जिल्लाबाट लकडाउन शुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका हिंसाका घटना अभिलेखीकरण गरेको छ । जसमा ४६ घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार, दुई बलात्कारको प्रयास, एक हत्या, एक हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, दुई यौन दुव्र्यवहारका घटना, छ आत्महत्या, दुई हत्याको प्रयासका घटना रहेका छन् ।
हिंसा गर्ने व्यक्तिमध्ये सबैभन्दा बढी ३७ श्रीमान् र १७ जना परिवारका सदस्य रहेको ओरेकले जनाएको छ । त्यसैगरी १९ घटनामा छिमेकी, दुई घटनामा प्रेमी ठानिएका व्यक्ति, एक घटनामा साथी, एक घटनामा घरमालिक रहेको पाइएको छ भने छ घटनामा पीडकहरुको पहिचान हुन बाँकी रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए |
बलात्कारका घटना भने १० छिमकीबाट, दुई परिवारका सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एक पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ ।
कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहजरूपमा उजुरी गर्ने वातावरण तयार गर्न स्थानीय तह र सम्बन्धित निकायले आवश्यक सेवा सञ्चालन गर्नुपर्न ओरेकको सुझाव छ ।
हाल महामारीको अवस्था छ भनेर महिलाका लागि संविधान र अन्य कानूनहरुले सुनिश्चित गरेका अधिकारलाई नकार्न नमिल्ने कार्यकारी निर्देशक न्यौपानेले बताए ।
ओरेकले महामारीको अवस्थामा हिंसाका घटनालाई तत्काल सम्बोधन गर्न अल्पकालीन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाका लागि आवश्यक पर्ने सेवा सञ्चालन गर्नुपर्ने, हिंसाको जोखिम न्यूनीकरणका लागि सबै क्वारेन्टाइनस्थलमा महिला, बालिका र लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्तिका लागि छुट्टै बस्ने व्यवस्थाका साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने, गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा ज्येष्ठ नागरिकका लागि क्वारेन्टाइनस्थलमा विशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरालगायतका अन्य आवश्यकताको ख्याल गर्नुपर्ने सुझाव दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस