काठमाडौँ- राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न लकडाउन भएको अवस्थामा सरकार र सम्बन्धित निकायलाई १२ बुँदे निर्देशन जारी गरेको छ । समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको श्रव्यदृश्य बैठकले देशभर लकडाउनमा कारण विपद्मा परेका मजदूर तथा सर्वसाधारणका समस्यालाई स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनमार्फत तत्काल सम्बोधन गर्नुपर्ने रहेको छ ।
कोरोना भाइरसको परीक्षणको विस्तारलाई थप पूर्णता दिई प्रभावित क्षेत्रहरुको यथाशीघ्र पहिचान गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने, स्थानीय आपूर्ति व्यवस्थापनलाई सहज र सुलभ बनाउनुपर्ने रहको छ । समितिले विदेशमा रहेका नेपालीको अवस्थालाई ध्यानमा राखेर निजहरुको स्वास्थ्य र सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने, दुई देशबीचको सिमाना कडा निगरानीसहितको व्यवस्थापन गर्नुपर्ने निर्देशन दिएको छ ।
बैठकले वर्तमान परिस्थितिलाई ध्यानमा राखी आगामी बजेटमा मजदूर, किसान तथा आम सर्वसाधारण र उद्योगीहरुको उपयुक्त सम्बोधन गर्नुपर्ने निर्देशन दिएको छ । साथै, स्वास्थ्यकर्मीको विशेष योगदानको कदर गर्दै पर्याप्त सामग्री तथा निजहरुलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्ने, आगामी बजेटमा सांसद विकास कोषको खर्च स्थानीय उद्योग तथा रोजगार प्रवद्र्धनमा खर्च गर्न व्यवस्था मिलाउनुपर्ने रहेको छ ।
समितिले क्वारेन्टाइन स्थलको अनुगमन गरी उचित प्रबन्ध गर्नुपर्ने, किसानको बाली लगाउने र भित्र्याउने समय भएको हुँदा लकडाउनको छनोट नीति लागू गर्नुपर्ने र छनोट नीतिमा साना–ठूला परियोजना एवं उद्योगधन्दालाई सम्बोधन गर्नुपर्ने रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस