वासिङटन – कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।
अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि सन् २०२२ सम्म रहिरहने देखाएको हो ।
विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ ।
विश्वभरी सवै जसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरीबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिएपनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरुले अनुमान गरेका छन् ।
अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन् ।
सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन् ।
उनीहरुले उच्च सतर्कतासहितको उपचार सेवालाई सवै देशले थप विस्तार गर्नु पर्नेमा पनि जोड दिएका छन् । अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरस विरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले पनि औषधी वा खोप तयार नहुदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ । संगठनले विश्वभरी दर्जनौ बैज्ञानिकहरुले खोप तयार पार्न परिक्षण र प्रयासहरु जारी राखेको पनि जनाएका छन् ।
कोरोना भाइरसका कारण बुधबारसम्म संसारभरी २० लाख १६ हजार ७९४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ९९४ जनाको मृत्यु भएको छ ।
यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ । मृत्यु हुने र संक्रमित हुनेहरु सवैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा छ लाख १४ हजार २४६ जना विरामी हुँदा २६ हजार ६४ जनाको मृत्यु भएको छ । (रासस/एएनआई)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस