भक्तपुर- सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोनाका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।
अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खाने र बस्ने समस्याका कारण उपत्यका छोडी हिँडेरै घर फर्कनेलाई सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पु¥याउन निर्देशनसमेत दिइसकेको बताउँदै सांसद बस्नेतले उपत्यकाभित्र समस्यामा परेकाहरुले आफूलाई खबर गर्न आह्वान गरे ।
उनले भने , ‘प्रधानमन्त्रीको जनभावनाअनुसार निर्देशन आयो, अब प्रदेश र स्थानीय सरकारले मानवीय पक्ष हेरेर अफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लागौँ, काठमाडौँ उपत्यकाभित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै पर्न दिने छैनौँ ।’
यहाँका स्थानीय तहसँगको समन्वय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्यवस्थापन हुँदै आएको छ । उपत्यका छाडेर विभिन्न जिल्लाका नागरिक घर फर्कने क्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा आजदेखि पैदल यात्रुलाई खाना खुवाउन शुरु गरेको छ ।
काठमाडौँबाट पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्गखण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले खाना खुवाउने व्यवस्था गरेको उनले जानकारी दिए ।
वडाध्यक्ष थापाले भने , ‘हिँडेर आएका पैदल यात्रुलाई प्रहरी वृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।’
मजदूरलाई राहत वितरण
त्यसैगरी सूर्यविनायक–८ जगातीमा चाइनिज इँटा उत्पादन गर्दै आएको भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले दैनिक ज्यालादारीमा काम गर्ने आफ्ना मजदूरलाई आज राहत वितरण गरेको छ ।
वडाध्यक्ष थापा र सोही उद्योगका अध्यक्ष केपी ताम्राकारले ९२ जना मजदूरलाई राहतस्वरुप खाद्यान्न वितरण गरेका हुन् |
मजदूरलाई प्रतिव्यक्ति चामल १० किलो, दाल दुई किलो, आलु एक धार्नी, नुन एक प्याकेट, तेल एक लिटर, मस्यौरा एक पाकेटका दरले राहत उपलब्ध गराएको उद्योगका प्रबन्ध निर्देशक दुर्गा मल्लले जानकारी दिए ।
सरकारले लकडाउन जारीगरेपछि इँटाभट्टाको आगो नै निभाएर सबै मजदूरलाई बिदा दिई उद्योग बन्द गरे पनि ३५० जना कर्मचारी एवं मजदूरलाई भने बिदा अवधिमा पनि ७५ प्रतिशत मासिक तलब उपलब्ध गराउने उद्योगले निर्णय गरेको छ ।
मासिक करिब रु ५० लाख तलब खुवाउँदै आएको उक्त इँटा उद्योगले काम बन्द भए पनि कर्मचारीको तलब भने नरोक्ने निर्देशक मल्लले जानकारी दिए ।
अलपत्र तथा समस्या परेकाले सम्बन्धीत निकाय तथा सांसद महेश बस्नेतका स्वकीय सचिव -दिनेश थापा 984-1119599
मानवीय आस्था नेपाल अध्यक्ष :-श्रीकुमार रन्जित 984-1315574
मानवीय आस्था नेपाल उपाध्यक्ष :-उमेश बस्नेत 9851057834
मानवीय आस्था नेपाल उपाध्यक्ष:-रामप्रसाद मानन्धर 9841228260
मानवीय आस्था नेपाल काेषाध्यक्ष:-अवाल 9851091590
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस