एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनविरुद्ध बन्दुक बोकेरै प्रदर्शन गरिरहेकाहरुको समर्थन गरेका छन् ।
मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा लकडाउनविरुद्ध भैरहेको प्रदर्शनमा उनले समर्थन जनाएका हुन् । ति राज्यहरुमा डेमोक्रेटको शासन रहेको छ ।
ट्रम्पले नै यस्तो प्रदर्शनको समर्थन गर्दा सडकमा भीड बढेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन राज्यहरुले घरमै बस्न गरिएको लकडाउनको उनीहरुले उल्लंघन गरेका हुन् ।
ट्रम्पले ट्वीटमा लकडाउन खुकुलो पार्न माग गर्दै मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्न भनेका भनेका छन् ।
लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा नागरिक समस्यामा पारेको प्रदर्शनकारीको भनाइ छ । स्वास्थ्य अधिकारीले भने लकडाउन हटाए वा खुकुलो पारेमा संक्रमण थप फैलिने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो ट्वीटमा डेमोक्रेट राज्यको मात्र उल्लेख गरेको र प्रदर्शन नै भएको ओहायो र उटालाई भने उल्लेख नगर्नुले पनि यसलाई राजनीतिक रंग दिन खोजिएको आशंका हुँदैछ ।
विस्कनसिन, ओरिगन, मेरिल्याण्ड, आइडाहो र टेक्सासमा पनि प्रदर्शनको तयारी भैरहेको छ ।
ट्रम्प प्रशासनले लकडाउन हटाउने योजना सार्वजनिक गरेको भोलिपल्टै प्रदर्शन चर्किएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस