काठमाडौं – सरकारले ६० हजार वटा सीम कार्डको विश्लेषण थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले सीम कार्डको विश्लेषण थालेको हो ।
टेलिकम्युनिकेशन सेवा प्रदायक एनसेलबाट ४० हजार र नेपाल टेलिकमबाट २० हजार वटा सीम कार्डको नम्बर प्राप्त भएपछि ट्रेसिङ गर्न थालिएको अपरेशनमा खटिएका एक सैनिक अधिकृतले बताए ।
तीमध्ये बुधबारसम्म ८ हजार ८ सय २२ वटा सीम कार्डमा सम्पर्क गरेर सम्बन्धित व्यक्तिको अवस्थाबारे जानकारी लिइएको छ । सम्पर्कका लागि प्रारम्भमा ६ जना सैनिक खटिएको भए पनि अहिले बढाएर २५ जनालाई पुर्याइएको छ ।
यसअघि १ चैतदेखि लकडाउन गरिएको ११ चैतसम्म विभिन्न सेवा प्रदायक कम्पनीबाट वितरण गरिएका सीम कार्डका नम्बर माग्दै अपरेशन सेन्टरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म स्मार्ट सेलको रेकर्ड भने प्राप्त भइनसकेको स्रोतले जनाएको छ ।
सीसीएमसी–अप्सले २७ चैतबाट सीम कार्डको विश्लेषण थालेको थियो । पहिलो दिन अपरान्ह ४ बजेदेखि बिहान ८ सम्म ४ सय ५० वटा नम्बरमा सैनिक अधिकृतहरुले सम्पर्क गरेका थिए । तर, कसैले पनि फोन नउठाएको स्रोतले बतायो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस