काठमाडौं – अहिले संसद् स्थगित भएको र संसदीय समितिको बैठक पनि नबसेकाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे संसद्मा छलफल हुन सकेको छैन । तर, अख्तियारले भने यो विषयमा अनुसन्धान अगाडि बढाएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको अपारदर्शी खरिद सम्बन्धमा अख्तियारले विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ । आयोगले खरिद प्रक्रियासम्बन्धी महत्वपूर्ण फाइल तानिसकेको छ ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्बन्धमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठसँग अख्तियारले सोधपुछ गरेको थियो ।
महानिर्देशकको प्रारम्भिक जवाफ चित्तबुझ्दो नभएको र थप अनुसन्धानको आवश्यकता भएको निष्कर्ष अख्तियारको छ ।
खरिद प्रक्रियामा संलग्न अन्य पदाधिकारीलाई पनि बयानमा बोलाउने तयारी अख्तियारको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा छानबिन चलिरहेको छ । यो विषयमा हामीले अहिले भन्न सक्ने यति मात्रै हो ।’
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै १९ चैतमा विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेश सभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका थिए ।
बजारमूल्यभन्दा बढीमा स्वास्थ्य सामग्री खरिद गरिएको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने किट खरिद गरिएकाले मुद्दा चलाई सजाय गर्न र क्षतिपूर्ति भरण गराउन उनले माग गरेका थिए । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस