एजेन्सी – कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ ।
अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड १९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ।
परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो।
अध्ययनमा सहभागी वैज्ञानिकले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्। तर उनीहरूले थप अध्ययन र तथ्याङ्क उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्।
रेम्डेसिभिर औषधीको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ। यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण यूकेको इङ्गल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए।
सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो।
गिलियडले यूकेमा कोभिड(१९ का सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो। त्यसको नेतृत्व सङ्क्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन्। औषधीको चीनमा पनि परीक्षण जारी रहेको बीबीसीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस