काठमाडौं – स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुख केशव प्रसाईंलाई सरुवा गरेर मात्रै सरकारले चित्त बुझाएको छैन, कारबाही प्रक्रिया पनि अघि बढाएको छ । ‘अनुशासनहीन’ काम गरेको आरोपमा उनलाई कारबाही गर्ने विभागको तयारी छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट १५ दिनअघि मात्र विभागमा सरुवा गरिएका प्रसाईंलाई मंगलबार राति एकाएक कारागार व्यवस्था विभाग डिल्लीबजार सरुवा गरिएको थियो । उनी २६ चैतमा कारागारमा हाजिर पनि भइसकेका छन् । तर, विभागले ‘ब्याकडेट’मा पत्र जारी गरेर शुक्रबार प्रसाईंसँग स्पष्टीकरण मागेको छ । पत्रमा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै प्रश्न गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले गत सोमबार स्वास्थ्य विभागलाई पत्र लेखेर ४० करोड २२ लाखबराबरको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर गर्न निर्देशन दिएको थियो । त्यसमा प्रसाईंसहित विभागको आर्थिक प्रशासन शाखाका तीन अधिकारीले मन्त्रिपरिषद्ले जिटुजी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेकाले त्यस्तै सामग्री खरिद गर्न अर्को टेन्डर खोल्न नहुने भन्दै असहमति जनाएका थिए ।
तर, आर्थिक प्रशासन विभागको सुझाबलाई बेवास्ता गर्दै मंगलबार टेन्डर सूचना प्रकाशित गरिएको थियो । त्यसअघि विभागले एक अर्ब २४ करोडको स्वास्थ्य सामग्री खरिद गर्न गरेको टेन्डर प्रक्रियामा पनि प्रसाईंको असहमति थियो । लामो समय सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रहेका प्रसाईं सरकारी ढुकुटीबाट खर्च गर्दा कानुनसम्मत हुनुपर्ने अडानमा थिए ।
आर्थिक प्रशासन शाखाबाट अपेक्षाविपरीत राय आएपछि स्वास्थ्य विभाग र मन्त्रालय प्रसाईंसँग चिढिएका थिए । त्यही भएर सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सरुवा भएर आएको दुई सातामै उनलाई कारागार सरुवा गरिएको थियो ।
प्रसाईंले सरुवा भएर अर्कै मन्त्रालयमातहत आइसकेपछि स्वास्थ्य विभागले आफूलाई स्पष्टीकरण सोधेको बताए । ‘२५ चैतमा मेरो सरुवा भएको हो । २६ चैतदेखि कारागार व्यवस्थापन विभागमा हाजिर छु । अहिले म गृह मन्त्रालयअन्तर्गतको कर्मचारी हो । गृह मन्त्रालयको कर्मचारी भएको अवस्थामा पनि मलाई स्वास्थ्य विभागले स्पष्टीकरण सोधेको छ । २५ गते सरुवा भएकोमा मलाई त्यही दिनको मिति राखेर पत्र थमाइएको छ’, उनले भने । साथीभाइ र आफन्तसँग सरसल्लाह गरेर स्पष्टीकरणको उचित जवाफ दिने प्रसाईंले बताए । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस