काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएको छ ।
आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न अन्त्रालयले भनेको छ ।
कोभिड १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न निर्देशनमा भनिएको छ ।
यस्तै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग पुर्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्न तथा सावधानीका उपाय सिकाउन पनि सरकारले घर बसेका कर्मचारीलाई निर्देशन दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस