भक्तपुर-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफुले सरकारी सेवाबाट प्राप्त गर्ने एक महिनाको तलब ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा समेत संक्रमणको जोखिम रहेको र त्यसलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको उक्त कोषमा आफ्नो प्रतिवद्धता अनुसार एक महिना बराबरको तलब रु ६४ हजार एक सय ४० रुपैंया कोरोना कोषमा जम्मा गरेका हुन् ।
विपद्को सारथी तथा सामाजिक कार्यलाई आफ्नो दैनिकी बनाई अघि बढेका सांसद बस्नेतले सरकारले उक्त कोषको स्थापना गरे लगत्तै घोषणा गरेको सहयोग रकम मंगलवार प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारी मार्फत उक्त कोषमा जम्मा गरेका हुन् ।
संसदीय दल मार्फत ५० प्रतिशत र पुनः आफ्नो तर्फबाट ५० प्रतिशत गरी एक महिनाको तलव उनले उक्त कोषमा सचिव विडारी मार्फत जम्मा गरेका हुन् । यो सँगै उनले नेपालकै सवैभन्दा पहिले घोषणा गरेको प्रतिवद्धता पुरा गरेका हुन् ।
उनले उक्त कोषमा सहयोग गर्ने नेपाल भरका सवै जनप्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, कर्मचारीलगायतलाई हौसला समेत प्रदान गरेका हुन् । उक्त हौसलालाई मंगलवार उनले व्यवहारिकतामा रुपान्तरण गरे ।
सांसद बस्नेतको हौसलाका कारण धेरै जनप्रतिनिधि, कर्मचारी, उद्योगी, समाजसेवीलगायतले सहकारलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा भौतिक, मानसिक, आर्थिक, विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु समेत दिन प्रतिदिन सहयोग प्राप्त भइरहेको छ ।
त्यस्तै सोही क्रममा भक्तपुरको कौशलटारस्थित क्षमादेवी कन्स्ट्रक्सनले समेत उक्त कोषमा ११ लाख ११ हजार रुपैंया सहयोग हस्तान्तरण गरेको छ । त्यस्तै राधा मानब सेवा समितिले पनि १५ लाख सहयोग हस्तान्तरण गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस