पोखरा – कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको ठानेर संघीय सरकारले अघिल्लो साता कोरोना परीक्षण गर्ने एउटा पोर्टेबल मेसिन, केही किट, आवश्यक सामग्री र प्राविधिक पोखरा पठायो।
दुई लाख रुपैयाँ बढी भाडा तिरेर हेलिकोप्टरमा ती सामान ल्याइएपछि पोखरामै सम्भावित कोरोना संक्रमितको नमुना परीक्षण थालिएको भनेर प्रचारप्रसार गरियो। काठमाडौंबाट ल्याइएको मेसिनबाट नमुना परीक्षण सुरु भएको सबैतिर चर्चा भयो।
तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० को प्रयोगशालामा रहेको अर्को पिसिआर मेसिनबारे भने सबै मौन बसे।
काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर ल्याइएको मेसिनभन्दा धेरै गुणा क्षमतायुक्त र भरपर्दो मेसिन पोखरामै ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० भए पनि यहाँ कोरोना परीक्षण प्रयास नगरी मेसिन र किट नभएको भन्दै संकलित नमुना काठमाडौं पठाइयो। पोखरामा रहेको सो मेसिन बिग्रिएको भनेर पदाधिकारी पन्छिन खोजे।
अघिल्लो साता पोखरा ल्याइएको कोरोना भाइरस परीक्षण मेसिनले दैनिक बढीमा १२ वटा नमुनाको रिपोर्ट दिन सक्छ। तर यहाँ रहेको पुरानो मेसिनले दुई सिफ्ट चलाउँदा दैनिक एक सय ४० वटासम्म नमुना परीक्षण गर्न सक्छ। उच्च क्षमताको मेसिन हुँदाहुँदै पनि सुरुमै प्रयोगमा नल्याउनुले संशय उब्जाएको छ।
पोखरामै रहेको क्षमतायुक्त मेसिनमा किट झिकाएर नमुना परीक्षण थाल्न सकिने अवस्था रहँदा पनि मेसिन नभएको भन्दै काठमाडौं पठाएर उच्चपदस्थ पदाधिकारी गैरजिम्मेवार बनेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीको भनाइ छ।
निर्देशनालयका एक अधिकारीका अनुसार संघीय सरकारले साताअघि पठाएको पोर्टेबल पिसिआरभन्दा क्षेत्रीय अस्पताल प्रयोगशालामा रहेको मेसिन निकै गुणस्तरयुक्त, भरपर्दो र क्षमतायुक्त छ। तर, अस्पतालका पदाधिकारीले त्यो मेसिन प्रयोगमा ल्याउन नचाहेर गुपचुप राखेको ती अधिकारीले बताए।
‘एक महिना अघिसम्म साह्रै नै भरपर्दो मेसिन पोखरामै छ। कोरोना परीक्षण पोखरामै भइहाल्छ भनेर अस्पतालका पदाधिकारी बोल्दै हिँडे,’ निर्देशनालयका ती अधिकारीले भने, ‘तर जब परीक्षण गर्नुपर्ने अवस्था आयो, त्यो बेला भने मेसिन बिग्रिएको भनेर पन्छिए।’
ती अधिकारीका अनुसार कामको भार थपिने र जोखिमको भयले अस्पतालले नै त्यो मेसिन गुपचुपमा राख्न खोजेको बुझिन्छ। सफ्टवेयर अपडेट गरेर आवश्यक किट झिकाएर सहजै परीक्षण गर्न सकिने सम्भावना हुँदाहुँदै अस्पतालले त्यसतर्फ चासो नदिएको उनले बताए।
‘सुरुमा आफूसँग भएको मेसिन प्रयोग नगरेर लुकाएर राख्न खोजियो, नयाँ मेसिन पाउने लोभ हो वा अरु भन्न सकिएन,’ निर्देशनालयका ती अधिकारीले भने, ‘अप्ठेरो परेका बेला भएभरको उपाय लगाउनुपर्नेमा मेसिन नै लुकाउने प्रयास गरियो। जिम्मेबारीबाट पन्छिने नियतले यसो गरिएको हुनसक्छ।’
नयाँ मेसिन कहाँ राख्ने भन्ने विषयमा सुरुमा प्रदेश सरकार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच विवाद नै भएको थियो। तर छलफलपछि प्रतिष्ठानकै प्रयोगशाला भवनमा राखेर कोरोना भाइरस परीक्षण गर्ने सहमति जुटेको थियो। सुरुमा प्रष्ठिानका पदाधिकारीले आफ्नो प्रयोगशालामा ठाउँ नरहेको भनेर कोरोना परीक्षण गर्ने उपकरण राख्न चाहेका थिएनन्। प्रतिष्ठानका पदाधिकारी नजिकैको क्षयरोग केन्द्रमा कोरोनाको ल्याब स्थापना गर्ने पक्षमा थिए।
‘जब पोखरामा पनि मेसिन छ भन्ने प्राविधिकबीच चर्चा सुरु भयो, त्यसपछि कोरोना परीक्षण गर्ने रि–एजेन्ट ९कोरोना भए नभएको परीक्षण गर्ने रसायन० छैन भन्न थालियो,’ ती अधिकारीले भने, ‘काठमाडौंबाट आएका प्राविधिकले ल्याएको रि–एजेन्ट प्रयोग गरेपछि पुरानो मेसिनले सहजै परीक्षण गर्ने रहेछ तर सकेसम्म त्यो मेसिनबारे थाहै नदिएर उच्च पदस्थ पदाधिकारी पन्छिन खोजे।’
ती अधिकारीका अनुसार क्षेत्रीय अस्पताल प्रयोगशालाको मेसिन र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेसिन एकैखालको हो। जनाकारहरूका अनुसार नेपालमा यी दुई प्रयोगशालामा मात्र यो गुणस्तरको मेसिन छ। तर क्षेत्रीय अस्पतालका पदाधिकारीले भने मेसिन बिग्रिएको भनेर पन्छिन खोजेको उनले बताए। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस