काठमाडौं – वीर, पाटन र ठिमीको अस्पतालमा मात्र होइन, त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रमा भएका पिसिआर मेसिनले एकैपटक ९७ नमुना परीक्षण गर्छन्, तर सरकारले तिनलाई प्रयोग गर्न सकेको छैन, चीनबाट ल्याइएका मेसिनले भने एकपटकमा १५ नमुना मात्र परीक्षण गर्छन्
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएकोजस्तै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन देशभर २९ छन् । तर, पाँचवटा मात्रै सञ्चालनमा छन् । कोरोना संक्रमण बढ्दै जाँदा पनि सरकारले बाँकी २४ मेसिन प्रयोगमा ल्याउन चासो देखाएको छैन ।
त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक प्रा।डा। गिरिराज त्रिपाठीका अनुसार सरकारी र गैरसरकारी निकायमा रहेका ती मेसिन प्रयोगमा ल्याउन सके दैनिक पाँच हजारभन्दा बढीको कोरोना परीक्षण गर्न सकिन्छ । एउटा मेसिनले एक लटमा ९७ वटा नमुना परीक्षण गर्न सकिन्छ । जब कि चीनबाट हालै ल्याइएका पोर्टेबल पिसिआर मेसिनले एकपटकमा १५ वटा नमुना मात्रै परीक्षण गर्न मिल्छ ।
‘हामीसँग कोरोना जाँच गर्न सक्ने प्रविधि मात्रै होइन, प्राविधिक पनि पर्याप्त छन्,’ त्रिपाठीले भने, ‘समन्वय नहुँदा परीक्षणमा समस्या भएको मात्रै हो ।’ पोर्टेबल मेसिनको भन्दा यी मेसिनको प्रभावकारिता पनि कैयौँ गुणा राम्रो रहेको उनले बताए ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मात्रै तीनवटा पिसिआर मेसिन प्रयोगविहीन अवस्थामा छन् । ‘हामीले पहिलेदेखि नै कोरोना परीक्षण गर्ने अत्याधुनिक मेसिन छ भन्दै आएका हौँ, तर अहिलेसम्म पनि ती मेसिन प्रयोगमा ल्याइएका छैनन्,’ प्रयोगशालाका प्रमुख डा। टिकरदेव भट्टले भने ।
त्यस्तै, वीर अस्पताल, पाटन अस्पताल, लेलेको आनन्दवन अस्पताल, भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा पनि यस्ता मेसिन छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका केन्द्रीय माइक्रोलोजी विभाग, केन्द्रीय बायोटेक्नोलोजी विभाग र ल्याबोरोटोरी अफ द एग्रो एन्ड बायोमेट्रिक रिसर्च सेन्टर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा एक–एक मेसिन छन् । नयाँ बजारस्थित नेसनल कलेज, वाल्टर रिड एएफआरआइएमएस रिसर्च युनिट नेपाल, फरेन्सिक ल्याब खुमलटार, रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजी, सिनामंगलस्थित डिकोट जेनोमिक एन्ड रिसर्च सेन्टरमा मेसिन छन् ।
त्यस्तै, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र पुल्चोक, सेन्टर भेटेनरी ल्याब्रोटरी टेकु, राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, नयाँ बानेश्वरस्थित नेसनल रिफ्रेन्स ल्याब्रोटरी, नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल खुमलटार, काठमाडौं सेन्टर फर जेनोमिक्स एन्ड रिसर्च ग्वार्को, सेन्टर फर मोलिकुलर डाइनामिक नेपाल ९सिएमडिएन० र सेन्टर डाइग्नोस्टिक रिसर्च लेब्रोटरी कमलपोखरीमा भएका पिसिआर मेसिन पनि प्रयोगविहीन छन् ।
संक्रमण बढ्दै जाँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र माग धान्न नसक्ने भन्दै सरकारले अघिल्लो शनिबार चीनबाट पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको छ । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि ९ओबिसिआई०मार्फत खरिद गरिएका ती मेसिनबाट पोखरा, बुटवल, सुर्खेत, धनगढी र जनकपुरमा पनि परीक्षण सुरु गरिएको छ ।
यीसहित अहिले देशका १० ठाउँबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, कृषि तथा वन विश्वविद्यालय भरतपुर र कीटजन्य रोग नियन्त्रण केन्द्र, हेटौँडामा पिएसआर मेसिनबाट कोरोना परीक्षण भइरहेको छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस