काठमाडौं । साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साउदी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ । पछिल्लो ४८ घण्टामा तीन सय ४० भन्दा धेरैमा सङ्क्रमण देखिएको छ । राजधानी रियादमा मात्र आइतबार ६६ जनामा सङ्क्रमण देखिएको बताइएको छ ।
साउदी मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।
साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि सङ्क्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस