काठमाडौं – कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् ।
अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए ।
‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्यो ।’
शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए । तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढुले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए ।
‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउनअघि श्रीमती पनि आएकी थिइन् ।
दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्यो । तर, लगत्तै मैमाथि यत्रो आपत् आइलाग्यो ।’ नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस