काठमाडौं – नेपाल प्रहरीमा रिक्त नायव महानिरीक्षक ९डीआईजी० बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति जुटेपछि संख्या कटौतीको फाइल अघि बढेको छ ।
गृह मन्त्रालयले आवश्यकता भन्दा बढी डीआईजीको दरबन्दी कटौती गर्ने तयारी गरेपछि रुष्ट रहँदै आएको प्रहरी प्रधान कार्यालय केही पदलाई तत्कालका लागि फाजिलमा राखेर केही संख्या घटाउन सहमत भएपछि डीआईजीको दरबन्दी कटौतीको फाइल मन्त्रीपरिषद्मा पठाइएको हो ।
गृह स्रोतका अनुसार हाल कायम रहेका जनपदतर्फका २६ डीआईजीको संख्यामध्ये ७ पद कटौती हुने छ । हाल नेपाल प्रहरीमा प्राविधिकतर्फ ८ डीआईजी समेत गरी कूल ३४ जना डीआईजीको दरबन्दी छ ।
राजधानी दैनिकले लेखेको खबर अनुसार, स्रोतका अनुसार हाल गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको अडानअनुसारै दरबन्दी समायोजनमा सहमति जनाएको हो ।
सहमतिअनुसार मन्त्रीपरिषद्ले निर्णय लिए अब नेपाल प्रहरीमा प्राविधिक बाहेक १९ जना मात्र डीआईजी रहने छन् । त्यसमध्ये हाल सूर्य उपाध्याय, नीरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल डीआईजी छन् । त्यसैले अब १५ जनाको मात्रै बढुवा हुनेछ ।
आईजीपी ठाकुरप्रसाद ज्ञवाली, एआईजी तारिणी लम्साल र डीआईजी सूर्य उपाध्यायले आगामी असारबाट अवकाश पाउने भएपछि रिक्त हुने तीन दरबन्दीलाई भने उनीहरूको अवकाशसँगै खारेज गर्ने सहमति भएको छ ।
कटौतीपछि रिक्त रहने १५ पदमा भने गृहले बढुवा अघि बढाउने छ । प्रहरीमा अवकाश पाएका डीआईजीको स्थान गत २८ माघदेखि नै रिक्त रहँदै आएको थियो भने संख्या कटौतीमा विवाद भएपछि गृह र प्रधान कार्यालयबीच सम्वन्ध समेत चिसिएको थियो । गृह मन्त्रालयले यस बीचमा १० डीआईजीको पद कटौतीको प्रयास गर्दै आइरहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस