काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो ।
सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको देखिएको छ । तर, चिकित्सकहरू यो संख्या कम भएको भन्दै संक्रमित व्यक्तिको १४ दिनसम्मको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने बताउँछन् ।
चिकित्सकका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याइन्छ । संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम गठन गरे पनि कति जनालाई गरिएको तथ्यांक बाहिर आउन सकेको छैन ।
संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ । तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई ट्रेसिङको जिम्मा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रेसिङमा आएकाको विस्तृत विवरण माग गरे पनि महाशाखाले यकिन गरेर बुझाउन सकेको छैन । ‘कन्ट्याक्ट ट्रेसिङ’ नहुँदा जोखिम बढ्छ ।
राजधानी दैनिकले लेखेको खबर अनुसार, कति व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा आए र कतिको जाँच भयो भन्नेबारे पनि स्वास्थ्य मन्त्रालयले आधिकारिक जवाफ दिएको छैन ।
विश्व स्वास्थ्य संगठनले बनाएको कन्ट्याक्ट ट्रेसिङ फारामका आधारमा भेटिएका व्यक्तिको विवरण संकलन गर्नुपर्ने हो ।
नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण देखिएको छ । कतार एयरवेजबाट नेपाल फर्किएका धनगढीका ३२ वर्षीय युवकले आफन्तलाई कोभिड–१९ सारेका हुन् । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमणको दोस्रो चरण मान्दछ ।
अहिलेसम्म नेपाल कोभिड–१९ संक्रमणको पहिलो चरणमा थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिम सूचीमा राखिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस