काठमाडौं-प्रधानमन्त्रीका सूचना(प्रविधि ९आईटी० सल्लाहकार अस्गर अली साइबर अपराधमा मुछिँदा नागरिकले बैंकमा राखेको पैसाको सुरक्षा चिन्ता देखिएको छ। अली संलग्न कम्पनी एफवान सफ्टले ४८ बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप (एप्लिकेसन) बनाएको छ। २७ मध्ये २२ वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा अलीकै कम्पनीमातहत सञ्चालित छ।
फोन-पे र ई-सेवाजस्ता भुक्तानी सेवाप्रदायक एप पनि यही कम्पनीले बनाएको हो। एउटा बैंकबाट अर्कोको खातामा हुने डिजिटल भुक्तानीको द्वार (गेट-वे)का लागि बढीजसो फोन-पे प्रयोग हुँदै आएको छ। डिजिटल वालेटमा पनि ई सेवाको अग्रणी हिस्सा छ।
बैंक तथा वित्तीय संस्थाका कतिपय सफ्टवेयर पनि यही कम्पनीले बनाएको छ। कतिपयले ग्राहकको विवरण संकलन र भण्डारण गर्ने (डेटा होस्टिङ)को कामसमेत अलीकै कम्पनीलाई दिएको बैंकर बताउँछन्।
न्युज पोर्टल ह्याकको घटना सार्वजनिक भएपछि शुक्रबार नेपाल बैंकर्स संघको बैठक बसेको थियो। एनसीएचएल, नेप्स जसरी बैंकहरू आफैंले मोबाइल बैंकिङको भुक्तानी प्रणाली सञ्चालन गर्दा उचित हुनेबारे छलफल भएको अध्यक्ष भुवन दाहाल सुनाउँछन्। बैंकहरूले चेकको विद्युतीय राफसाफमा एनसीएचएल र एटीएम भुक्तानीको स्विच व्यवस्थापन गर्ने नेप्सजस्ता प्रणाली सञ्चालन गर्दै आएका छन्।
अली एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। प्रधानमन्त्री कार्यालयमा आएपछि दुई वर्षदेखि कम्पनीको व्यवस्थापनबाट अलग्गिएको भनिए पनि उनको स्वामित्व कायमै देखिएको छ। बरु शक्तिको प्रयोग र प्रभावले ठेक्कापट्टा तथा व्यवसाय विस्तार, राज्यका महत्वपूर्ण सूचनामा उनको पहुँच बढेको छ।
एफवान सफ्टको भगिनी संस्था सिरान टेक्नोलोजिजले हालै ‘काठमान्डुप्रेस’ न्युज पोर्टलको वेबसाइटभित्र अनधिकृत प्रवेश गरी समाचार मेटाएको थियो। कम्पनीले गल्ती स्वीकार गर्दै माफी मागे पनि आफूले वेब होस्टिङ गरेको ग्राहकको साइटमा साइबर आक्रमण गरी डेटा मेटाउनु साइबर अपराध भएको जानकार बताउँछन्।
यसबाट स्वदेशी उद्यमीले सञ्चालन गरेको एक प्रमुख आईटी कम्पनीको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनीहरूको भनाइ छ। त्यसकै परिणामस्वरूप ई(सेवा वालेटका ग्राहकले धमाधम उक्त सुविधा हटाउन थालेको सामाजिक सञ्जालमा लेखेका छन्। अन्नपूर्ण पाेष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस