विराटनगर– मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताएका छन् ।
जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरीबलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो । घटनामा कोही घाइते नभएपनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन् । शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिए ।
पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस