काठमाडाै – लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडियामार्फत पढाउने तयारी गरेको छ । अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयमा छलफल भइरहेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले घरमा बसेका बालबालिकालाई कसरी पढाउन सकिन्छ भन्नेमा छलफल भइरहेको बताए । महानिर्देशक थपलियाले १५ वैशाखसम्म पनि असहज स्थिति भए मिडियामार्फत कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । अनलाइन, रेडियो, टेलिभिजन र केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।
कोरोना भाइरसको जोखिम बढेपछि अहिले कक्षा १० सम्मका ७० लाख बालबालिका घरमै होम क्वारेन्टाइनमा छन् । कक्षा ९ सम्मका बालिकालिकाले वार्षिक परीक्षा सकेका छन् भने माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०, एसइई० स्थगित भएको छ ।
कक्षा नौसम्मको वार्षिक परीक्षा अघि सारेर सञ्चालन भएको थियो । त्यसको नतिजा भने सार्वजनिक भएको छैन । सरकारको निर्णयअनुसार चैत मसान्तसम्मका लागि पठनपाठन बन्द गरिए पनि त्यसपछि के हुन्छ भन्नेसमेत अन्योल छ ।
महानिर्देशक थपलियाले विगतमा पनि यतिवेला विद्यार्थी वार्षिक परीक्षा दिएर बस्ने समय भएको र अहिलेको कठिन परिस्थिति लम्बिने अवस्था आएमा विकल्प निर्माण भइरहेको बताए ।
विगतमा १५ वैशाखसम्म भर्ना अभियान सञ्चालन हुने गरेको र त्यसपछि मात्र पढाइ सुरु हुने भएकाले यो वर्ष पनि कठिन परिस्थिति कायम रहे १५ वैशाखपछि बालबालिका खाली बस्न नदिन विकल्प तयार गर्न लागिएको बताए ।
नयाँपत्रिकाले लेखेको खबर अनुसार, लकडाउनका कारण बैठक बस्न नसके पनि स्काइपमार्फत छलफल भइरहेको तर निर्णयमा पुग्न बाँकी रहेको उनको भनाइ छ । परीक्षा स्थगित भएको एसइईका विद्यार्थीका लागि अहिले पनि केन्द्रले टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । केन्द्रसँग विभिन्न मिडियामार्फत कक्षा सञ्चालनका लागि माथिल्लो कक्षाका सामग्री रहे पनि तल्लो तहका अडियो, भिजुअल सामग्री छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस