काठमाडौँ — सरकारले जी टू जी प्रक्रियाबाट सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको खुलेको छ । बैठकमा संलग्न मन्त्रीहरूका अनुसार आइतबार ९१६ गते० को मन्त्रिपरिषद् बैठकमा जी टू जी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने कुरै उठेकै थिएन ।
बरु त्यो बैठकमा प्रधानमन्त्रीले स्वास्थ्य विभागले नियमसंगत तरिकाले स्वास्थ्य उपकरण खरिद गरेको जिकिर गरेका थिए ।
‘स्वास्थ्य मन्त्रालयले खरिद गरेको उपकरणका विषयमा कुरा उठेको थियो,’ वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले भने, ‘तर जी टू जी विधिबाट स्वास्थ्य उपकरण किन्ने भन्नेबारे छलफल भएन।’
अरु मन्त्रीहरू मात्रै होइन कोभिड(१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यले समेत सरकारले निर्णय गरेर नेपाली सेनाबाट प्रक्रिया सुरु भइसकेको यो विषयमा अनभिज्ञता जनाए।
बिहीबारको समितिको बैठकमा अब ुजी टू जीुबाटै सामान खरिद गर्नुपर्ने विषयमा मन्त्रीहरूले कुरा उठाएका थिए। त्यस विषयमा थप छलफल भने भएन।
समितिका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जी टू जी प्रक्रियाबाट स्वास्थ्य उपकरण खरिद गर्ने सन्दर्भमा समितिमा कुरा भएको बताए। ‘छलफल भएको हो, निर्णय भने भएको छैन,’ उनले भने।
मन्त्रिपरिषद्ले निर्णय गरेको हो भन्ने प्रश्नमा अर्का एक मन्त्रीले भने, ‘यो विषयमा क्याबिनेटमा छलफल र निर्णय भएको छैन।’
बिहीबार समितिको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री युवराज खतिवडाले समेत जी टु जी प्रक्रियाबारे सामान खरिद गर्न सकिन्छ भने त्यो पनि सुरू गर्ने भनेर छलफल भएको बताए। तर सरकारले निर्णय गरिसकेको विषयमा भने उनले केही पनि उल्लेख गरेनन्। कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस