काठमाडौँ- नेपाल भारत सीमाना जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार गरिएको छ ।
सीमामा अलपत्र नेपालीलाई जयसपुरमा अस्थायी पाल निर्माण गरि राखिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौकीमा क्वारेन्टाईन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ ।
सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमीमै ब्यवस्थापन गरिएको हो । भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक ब्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए ।
नगर प्रमुख डा. राणाले विहिवार विज्ञप्ती निकालेर क्वारेन्टाईन निर्माण गरिएको स्थानमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिए ।
नगर प्रमुख राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्धार प्रर्णालीमार्फत सहयोगका लागि आग्रह गरेका थिए ।
सहयोगका लागि ब्यक्ति संघ संघ संसथा र उद्योगीहरुले नगर प्रमाण राणालाई ९८५८०२०२०२, उपप्रमुख उमा थापालाई ९८५८०२२०७६ र बरिष्ठ आलेप अलिकृत खिमानन्द अर्याललाई ९८५८०२२६९० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस