काठमाडौँ-टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको र सोमबार मात्रै ७६ वटाको नमुना परीक्षण भएको बताए ।
सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण सुरु भईसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण भईसकेको पनि उनले जानकारी दिए ।
डाक्टर देवकोटाका अनुसार, सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भईरहेको छ । धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाईएको छ ।
मन्त्रालयले बुटवलमा दुवईबाट आएका ३४ बर्षिय पुरुषको मृत्यु कोरोना भाइरसका कारण नभएको पुष्टि गरेको छ । ती व्यक्तिको स्वाव परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिए ।
पाटन अस्पतालमा मृत्यु भएका ३६ बर्षिय पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उहाँले स्पष्ट पारे ।
अहिलेसम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको हाल सम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको स्रोतबाट प्राप्त जानकारी अनुसार अहिले सम्म प्रदेशहरुमा ९३ जना आईसोलेसनमा रहेको र २ सय १७ वटा नमुना संकलन भएको पनि डाक्टर देवकोटाले जानकारी दिए ।
उनले प्रत्येक प्रदेशमा १ हजार सेट पीपीइ, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाईएको जानकारी दिए । उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुदै पठाईएको बताए । त्यसैगरी क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उनले जानकारी दिए ।
स्थानीय तहमा रहेका विदेशबाट आएका व्यक्तिहरु मध्ये अहिले सम्म ४१ हजार १ सय ४० जनाको लिखित विवरण अद्यावधी गरिएको पनि उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न उनले आग्रह गरे । जो मर्यो त्यो कोरोनाले मर्यो भन्ने किसिमको प्रचार प्रशार हुनु दुखद भएको उनले उल्लेख गरे ।
कोरोना संक्रमण भईसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उनले आग्रह गरे |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस