काठमाडौं – लकडाउन र सीमा बन्दका कारण दार्चुलापारि धार्चुलामा झण्डै पाँच सय नेपाली अलपत्र परेका छन् ।
भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि उनीहरू घर फर्किएका थिए । तर, नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार आइतबार साँझसम्म धार्चुलामा पाँच सयभन्दा बढी नेपाली आइपुगेका छन् ।
सरकारको सीमानाका बन्द गर्ने निर्णयपछि गत मंगलबार ७८ र शुक्रबार दुई सय २५ नेपालीलाई दार्चुला ल्याएर सम्बन्धित गाउँपालिकाको जिम्मा लगाइएको थियो ।
दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेश ठगुन्नाले सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेपछि धार्चुलामा अलपत्र परेका नेपालीलाई दार्चुला ल्याइने बताए ।
नयाँपत्रिकाले लेखेको खबर अनुसार, पारि अलपत्र परेका नेपाली भारतको सोबला, दर, मुन्स्यारीलगायतका क्षेत्रमा मजदुरी गर्थे ।
उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले स्थानीय सरकारहरूले क्वारेन्टाइनको तयारी नगर्दा समस्या भएको बताए । अलपत्र परेका नेपालीहरू खानसमेत नपाएको पीडा सुनाउँछन् । समूहमा बसेकाले उनीहरूमा संक्रमणको जोखिम पनि उत्तिकै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस