भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उल्लेख्य काम गरेको बताउँदै विगतमा स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढाएर नीजि क्षेत्रलाई पोस्नेले रोईलो गरेको बताएका छन् |
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै सांसद बस्नेतले ढकालले विपतको वेलामा २४ सै घण्टा खटिएर काम गरेको देखेर केही मान्छेहरू अतालिएको बताए ।
उनले प्राय जसो नेता स्व-क्वारेन्टाइनमा रहेको समयमा पनि भानुभक्त ढकाल दिनरात नभनि फिल्डमै रहेको बताउँदै हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले अप्ठ्यारोमा पारेर धकेल्न पाईन्छ कि भनेर नसोचे हुने चेतावनी दिए ।
उनले भनेका छन् , ‘स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, विपतको वेलामा २४ सै घण्टा खटेको देखिएको छ । प्राय जसो नेता अहिले स्व- क्वारेन्टाइनमा हुँदापनी उहाँ दिनरात फिल्डमै हुनु हुन्छ । नीति निर्माण गरि स्वास्थ्य संस्थाहरूसँग समन्वय भै रहेकै छ । मूलुक भित्र र विदेशवाट सहयोग जुटी रहेको छ । मन्त्री स्पष्ट वक्ता हुनु हुन्छ, देखेको कुरा भन्ने वानी छ । अनि किन पूर्वाग्रह ? हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले रोईलो नगरेको जाती । अप्ठ्यारोमा पारेर धकेल्न पाईन्छ कि भनेर नसोचे हुन्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस