प्योङयाङ-विश्वभर माहामारी बन्दै गइरहेको कोरोना संक्रमण सुरुभए यता नै उत्तर कोरियाले आफ्ना स्थल तथा हवाई मार्गहरु बन्द गराएको थियो ।
हालसम्म पनि उत्तर कोरियाले आफ्नो देशमा कोरोना संक्रमण नभएको दावी गरिरहेको छ । तर प्रत्यक्ष दर्शीहरुका अनुसार उत्तर कोरियाली राजधानी प्योङयाङमा कोरोना संक्रमण व्यापक भईसकेको छ ।
उत्तर कोरियाको भ्वइस अफ मार्ट्यस नामक कृष्चियन समुदायमा तथा अन्य चर्चहरुमा समेत संक्रमण व्यापक रुपमा फैलिसकेको छ ।
संक्रमणबाट प्योङयाङ तथा सिन्वीजु शहर आक्रान्त बनिसकेका छन् । प्रत्यक्ष दर्शीहरुका अनुसार हाल उत्तर कोरियाली शहरहरुमा चरम भोकमारी सुरु हुन थालिसकेको छ रअवस्था एकदमै भयावह रहेको छ ।
हालसम्म पनि उत्तरले बाहिरी विश्वलाई आफ्नो देश सङ्क्रमण मुक्त रहेको दावी गरिरहेको छ । उसले कोरियामा एक जनामा पनि संक्रमण नभएको दावी गरिरहेको छ । तर उत्तर कोरियाली गतिविधि हेर्ने अमेरिकि सैन्य कमाण्डर रोवर्ट अव्राहम्सले भने उत्तरमा कोरोना संक्रमण व्यापक भईसकेको बताउदछन् ।
यता उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भने प्योङयाङमा एक अस्पतालको सिलान्यास गरेका छन् र उनले सो अस्पताल निर्माण सम्पन्न गर्न २०० दिनको समय सिमा समेत तोकेका छन् जसमा कोरोना संक्रमितहरुको उपचार गरिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस