काठमाडौं – भारतमा कोरोना भाइरस कोभिड–१९ संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्।
बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले आवतजावत गरेको नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहामा सञ्चालन गरेको हेल्थ डेक्सका अहेव शालिकराम कश्यपले बताए। उनका अनुसार चार दिनमा ३३ हजार आठ सय २० जना भारतबाट आएका छन्।
गड्डार्चाकीमा श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ। ‘बिहान एक्कासि घर फर्किनेको भीड लागेपछि स्वास्थ्य परीक्षण गर्नै गाह्रो भयो’, सहायक रथी शंकर पण्डितले भने, ‘तापनि हामीले त्यसको व्यवस्थापन गर्यौं।’
जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनमा ६४ हजार ५४ जनाले सीमा वारपार गरेका छन्। शनिबार साँझ ६ बजेसम्म ९ हजार पाँच सय ८८ जना आएका छन्। राति १० बजेसम्म चार पाँच हजार थपिन सक्ने अनुमान छ।
जमुनाहा हेल्थ डेक्सका अहेव कश्यपका अनुसार हरेक दिन भारतबाट नेपाल आउने बढेको बढ्यै छन्। जमुनाहबाट बुधबार सात हजार सात सय २३, बिहीबार आठ हजार ७ सय ५०, शुक्रबार सात हजार सात सय ५९ नेपाली स्वदेश फर्किएका छन्।
सीमामा कोरोना परीक्षणका लागि शुक्रबारदेखि नेपाली सेना पनि खटिएको छ। नेपालगन्ज उपमहानगरपालिकाबाट पनि एक सिफ्टमा दुई जनाका दरले दैनिक आठ जना स्वास्थ्यकर्मी खटिएका छन्। बिहान ६ बजेदेखि राति १० बजेसम्म चार सिफ्टमा स्वास्थ्यकर्मीले कोरोना जाँचिरहेका छन््।
रुपैडियामा कोरोना जाँच गरिरहेको बहराइच जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र चर्दाका इएमटी दीपक मि श्राका अनुसार चार दिनमा ३० हजार भारत प्रवेश गरेका छन्। भारत जाने पनि हरेक दिन बढिरहेका छन्। बुधबार साढे चार हजार, बिहीबार साढे पाँच हजार, शुक्रबार सात नौ हजार र शनिबार १३ हजारभन्दा बढी पुग्ने मि श्राले बताए
भारतबाट हजारौं नेपाली घर फर्किन थालेपछि सुदूरपश्चिममा स्थानीय प्रशासनले संक्रमण हुन नदिन शनिबार विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए।
उनका अनुसार कञ्चनपुरका गड्डाचौकीबाहेक अन्य नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको छ। भीमदत्त नगरपालिकामा रहेको सीएमए छात्रावास र जिल्ला प्रशासनको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको उनले बताए। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस