एकैदिन ८ सयको मृत्युसँगै ईटलीको अवस्था थप भयावह, विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो
एजेन्सी – कोभिड–१९ को सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएसँगै अवस्था थप भयावह बनेको छ ।
पछिल्लो २४ घण्टामा ईटलीमा थप सात सय ९३ जनाको मृत्यु भएको छ । यो संगै ईटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।
यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ ।
सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर ननिस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
ईटलीपछि सबैभन्दा धेर स्पेनमा एकैदिन दुई सय ८५ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १३ सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वका १८८ देशमा १६ सय ३८ जनाको मृत्यु भएको छ । ३१ हजार २ सय ९५ जना नयाँ बिरामी थपिएका छन् ।
३ लाख ६ हजार भन्दा धेरै संक्रमितमध्ये ९ हजार ३ सय ८२ जनाको अवस्था गम्भिर छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस