टोकियो- शनिवारसम्मको पछिल्लो तथयांकका अनुसार जापानमा कोरोना संक्रमीतहरुको संख्या १०१७ पुगेको जापानी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
जापानले आयन लागेको ओलम्पिक्स प्रतियोगितालाई मध्य नजर राख्दै स्वास्थ्य सतर्कता बढाएता पनि संक्रमणको संख्या १००० भन्दा बढी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा जापानमा कोरोना संक्रमणका कारण एक जनाले पनि ज्यान गुमाएका छैनन् । शुक्रवार ३० जना रहेको उक्त संख्या त्यतिमै स्थिर रहेको छ ।
गत महिना क्रुज सिपमा पाइएका ७१२ संक्रमितहरु समेत लाई गन्ने हो भने संक्रमितहरुको जम्मा संख्या १७०० बढी हुन जान्छ ।
संक्रमितहरुको संख्या बढ्ने क्रम नरोकिएता पनि जापानले हाल स्वास्थ्य सतर्कता बढाएर दैनिकिलाई सामान्य तर्फ उन्मुख गर्न खोजिरहेको पनि मत्त्रालयले बताएको छ ।
यता जापान सरकारले विद्यालयहरु आगामी सोमवार बाट निर्वाध रुपमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।
आउदो जुलाईबाट सुरु हुन गइरहेको जापान ओलम्पिक पनि निर्धारित समयमा नै गर्ने गरि जापानले तयारी गरिरहेको जनाएको छ । तर पनि विश्वका कतिपय देशहरुले छनौट चरणका खेलहरु समेत कोरोना संक्रमणका कारण सञ्चालन गर्न सकिरहेका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस