काठमाडौं – सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन्। गत आइतबार सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए।
राष्ट्र एवं सरकार प्रमुखले सहकार्यको बाचा गरेको एक साता पुग्नै लाग्दा पनि कुनै तयारी अघि नबढेपछि प्रधानमन्त्री ओली सक्रिय भएका हुन्। उनले यसको तयारीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग जानकारी मागेका छन्।
छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको यो युद्ध सँगै लडेर दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनुपर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा सबैले सहकार्य गर्ने बाचा गरेका थिए। भिडियो कन्फरेन्सपछि परराष्ट्र सचिव स्तरमा लगातार छलफल गर्ने भनिएको थियो। तर यसबारे कुनै कार्य अघि बढ्न सकेको छैन।
प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले सार्क कन्फरेन्सपछिको विषयमा चासो राख्नुभएको छ। परराष्ट्रले यसमा झारा टार्न खोजेमा प्रधानमन्त्रीलाई सह्य हुँदैन।’ उनका अनुसार सार्कका बाचा कार्यान्वयनमा नजाने त होइन भन्ने प्रश्न उठेको छ।
भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव सबै सदस्य राष्ट्रले स्वीकार गरे पनि कर्मचारीतन्त्र बाधक हुन सक्ने एक कूटनीतिज्ञको भनाइ छ।
परराष्ट्र सचिव बैरागीले भने भारतीय प्रस्तावमा सहकार्य र छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘हामी कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छौं। भारतीय राजदूत विनयमोहन क्वात्रा र सार्क महासचिवसँग छलफल भइरहेको छ,’ सचिव बैरागीले भने, ‘काम भइरहेको छ। हामी नयाँ योजनासहित छिट्टै आउनेछौं। ’
भारतीय दूतावासका प्रवक्ता अभिषेक दुवेले सार्क सहकार्यमा भारतको जोड रहेको स्पष्ट पारे। उनले भने, ‘कन्फरेन्सपछिको अवस्थाबारे आन्तरिक छलफल भइरहेको छ। सदस्य राष्ट्रलाई सहयोग गर्न भारत तयार छ।’
सार्क क्षेत्रमा दैनिक संक्रमित संख्या बढिरहेकाले नेतृत्व गम्भीर हुन आवश्यक रहेको अधिकारीहरूले बताए।
भिडियो वार्तामा सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओली, भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्ष, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, भुटानका प्रधानमन्त्री लोटे छिरिङ र पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जा सहभागी थिए। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस