चितवन – कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल आज शुक्रबारदेखि सञ्चालन हुँदैछ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बताए ।
७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भने, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”
कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भने, “प्रदर्शनी केन्द्रका तीनवटै भवन प्रयोग गर्नु परेमा तीन सय बेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौँ ।”
अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने उनले बताए ।
कार्यदलको बैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुँदै आएका हाटबजार र केबुलकार पनि बन्द गर्ने निर्णय गरेको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस