काठमाडौँ– सरकारले कोरोना भाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पुर्व तयारीको अभियानमा लागेको स्पष्ट पारेको छ ।
कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले संक्रमणको जोखिम आउन नदिन सरकारले पुर्ण सर्तकता अपनाएको स्पष्ट पारेका हुन् । सरकारले समयमै अपनाएको सर्तकताका कारण अहिलेसम्म कोरोना संक्रमणबाट नेपाल र नेपाली बच्न सफल भएको भन्दै उनले संभावित जोखिमको क्षेत्रमा थप प्रबन्ध गर्ने काम भईरहेको स्पष्ट पारे । उनले केही समयभित्रै संक्रमणको त्रास बाट मुक्त हुने विश्वास पनि दिलाएका छन् ।
उनले भने “कोरोना संक्रमणको विश्वपरिवेश र छिमेकी मुलुकको संक्रमणलाई नजिकबाट नियालिरहेका छौ । एउटाले खतरा मुुक्त भयौ भनेर घोषित नै गरेको अवस्था छ । र अर्को छिमेकी मुलुकले पनि अत्यन्तै धेरै सर्तकता अपनाएका कारणले त्यहाँ देखिएको संक्रमण सिमित व्यक्तिहरुमा नै केन्द्रीत रहेको छ र यसको फैलावटको क्रम त्यत्ति छिटो छैन । त्यसैले हामी छिटै यो सन्त्रासबाट मुक्त पाउँछौ र पर्यटन व्यवसाय फेरी आफ्नै लयमा फर्कने छ ।”
उनले पुर्वतयारी स्वरुप आवश्यक आईसोलेसन बेड, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुको साथै निजि क्षेत्रका चिकित्सक लगायत विभिन्न क्षेत्रसंग सहकार्य अघि बढाईएको बताएका छन् । मित्रराष्टले समेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरु प्राप्त गर्न पनि थालिसकेको पनि उनले उल्लेख गरे । उनले तत्काल केही आन्तरिक आर्थिक क्षेत्रमा प्रभाव देखिएपनि समस्या समाधानमा सबै तहका सरकार एकजुट भएकाले सबै नागरिकलाई सुरक्षित राख्न सक्छौ भन्ने विश्वास सरकारले लिएको बताएका छन् ।
उनले भने “आन्तरिक आर्थिक क्रियाकलापहरु केही क्षेत्रबाहेक धेरै प्रभावित भईसकेका छैनन् । व्यापार क्षेत्र, निर्माण क्षेत्र, उद्योग क्षेत्र , वित्त क्षेत्र स्वभाविक रुपले अघि बढीरहदा केही सानातिना क्षेत्रहरुमा हामीलाई अलिकति असर परेको छ । विद्यालयहरु बन्द गरेका छौ । हिडडुल नगर भनेका छौ । सार्वजनिक स्थलहरुमा नजाउँ भनेका छौ । तर यसलाई हामीले दीर्घकालिन असर नपर्ने गरि व्यवस्थापन गरेर अघि बढ्नु पर्नेछ । संघ, प्रदेश र स्थानीतहसंगको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाएका छौ । तीनै तहको सहकार्य अहिले राम्रो विन्दुमा छ । त्यसैले गर्दा हामी सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित अवस्थामा राख्न सक्छौ भन्ने लाग्छ ।”
उनले तत्काल पर्यटनक्षेत्रमा असर देखिएको र पर्यटन संग सम्बन्धित हवाई, होटल लगायत क्षेत्र प्रभावित भएपनि त्यसले समग्र अर्थतन्त्रमा असर पर्छ भनेर आकलन नगर्न आग्रह् गरेका छन् ।
उनले भने “पर्यटनमा असर पर्यो त्यसका कारणले समग्र अर्थतन्त्रमा शिथिल हुन्छ भन्ने एउटा ठाडो अनुमान गरिरहेका छौ । कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै योगदान रहने क्षेत्रमा परेको असरले समग्र अर्थतन्त्रमा पर्ने असरलाई पनि त्यसै अनुसार नै मापन गर्नुपर्छ । त्यो भन्दा बढी अनुमाग गर्नु आवश्यक छैन । ”
सिजनको समयमा प्रभावित भएको पर्यटन व्यवसायलाई अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटन ल्याएर पुरण गर्ने गरि सरकारले अफ सिजन टुरिजम तर्फको रणनीति बनाउन थालेको पनि उनले स्पष्ट पारेका छन् ।
होटलमा कार्यरत अस्थायी कामदार र श्रमिकहरुको स्थितिमा देखिने प्रभाव कम गर्न श्रमिकहरुकै कल्याणकारी कोषहरुलाई परिचालन गर्ने तयारी पनि सरकारले गरेको उनले बताए । त्यसैगरी पर्यटन उद्योगलाई परेको ऋण सम्बन्धी समस्या लाई पुर्नताजगी गर्नुको साथै कर भुक्तानीको समय सार्ने बारे पनि सरकारले छलफल गरिरहेको स्पष्ट परे । उद्योगको प्रकृति अनुसार सरकारले दिने राहत फरक पर्ने भएकाले त्यसबारे निर्णयमा पुग्न केही समय लाग्ने बताएका छन् ।
व्यक्ति स्वंयम र अन्यलाई पर्न सक्ने जोखिमलाई रोक्नका लागि बैदेशिक रोजगारीमा जाने र फर्कने दुवैलाई रोक लगाउनुपरेको भन्दै उनले बैदेशिक रोेजगारीमा गएर फर्किएका र फेरी जान नपाएका इच्छुकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम गर्ने व्यवस्था मिलाईने बताए ।
बैदेशिक रोजगारीमा जान रोक लगाएकै कारण बिप्रेषणमा प्रभाव नपर्ने दाबी उनले गरे । बिप्रेषणको वृद्धिदर लामो समय देखि उच्च रहदै आएको र वर्तमान अवस्थामा बैकसंग पर्याप्त तरलता रहेकाले मुद्रा र पूँजी बजारमा ठूलो वित्तिय समस्या पर्ने स्थिति नरहेको उनले बताए ।
उनले भने “खासगरी बिप्रेषणको रकम बैकिङ्ग प्रणालीमा आउने हो र बैकिङ्ग प्रणालीको तरतालाई त्यसले खास सहयोग पुर्याउने हो । अहिलेको स्थितिमा बैकिङ्ग प्रणालीमा तलरताको स्थिति सहज छ । बैकहरुसंग ६०÷७० अर्ब जति थप लगानी रकम छदैछ । त्यसो हुनाले अहिले नै मुद्रा बजार र पूँजी बजारमा कठोर स्थिति श्रृजना हुदैन ।”
उनले संभावित मुल्यवृद्धिलाई बढ्न नदिन आपुर्तिपक्षको व्यवस्थापन र कृत्रिम अभाव हुन नदिने तर्फ सरकार सचेत रहेर काम गरिरहेको स्पष्ट पारेका छन् । उनले अतिरिक्त मुल्य असुल गर्न खोज्ने र कृत्रिम अभाव श्रृजना गर्नेलाई कानुनको दायरामा ल्याईने बताए ।
उनले रसुवागढी र तातोपानी नाकामा १४ दिन भन्दा बढी होल्डमा बसेका कन्टेनरलाई छुटाउने बारे सम्बन्धीत मन्त्रालयबीच छलफल भईरहेको स्पष्ट पारेका छन् ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशियाका निर्देशकले संक्रमण नेपाल लगायत दक्षिण पुर्वी एशियामा अलिकति संक्रमणको प्रभाव पर्न सक्छ भनेकाले र जोखिममा नराख्न अभिभावक र नागरिक समाजले पनि दबाब दिएका कारण एसईईको परीक्षा सारिएको स्पष्ट पारे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस